खेलकूद

क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलायो

हिमालय टिभी
२०७७ मंसिर ५ गते २०:४२
क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलायो

५ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले आउँदो बुधबारदेखि प्रशिक्षण सुरु गर्दैछ । २२ सदस्यीय टोलीमा भेट्रान बलर वसन्त रेग्मीले कमब्याक गरेका छन् । पछिल्लो पटक क्यानले गरेको केन्द्रिय सम्झौतामा समावेश सबै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

सरकारले खेलकूद संचालन गर्ने अनुमति दिएसँगै क्यानले यही १० गतेबाट प्रशिक्षण शुरु गर्ने भएको छ । प्रशिक्षण शुरु हुने दुई दिनअघि खेलाडीको मंसिर ८ गते पीसीआर परिक्षण गरिनेछ ।

त्यसमा नेगेटिभ रिपोर्ट आउने खेलाडीलाई मात्र प्रशिक्षणमा सहभागी गराइने भएको छ । प्रशिक्षणका लागि क्यानले चाँडै नै भारतबाट फिटनेस ट्रेनर पनि ल्याउने तयारी गरेको छ ।

नेपालले विश्वकप लिग क्रिकेट २ अन्तर्गत २०२१ मा ५ वटा सिरिज खेल्ने तालिका रहेको छ । जसमा मार्चमा पहिलो सिरिज खेल्नेछ ।

टिममा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, आरिफ शेख, पवन सर्राफ, अभिनाष बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, ललित राजवंशी, रासिद खान, सुशन भारी, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्