खेलकूद

पेलेको त्यो रहस्यमयी एक हजारौं गोल

हिमालय टिभी
२०७७ मंसिर ५ गते १७:४८
पेलेको त्यो रहस्यमयी एक हजारौं गोल

५ मंसिर, २०७७ काठमाडौं । फूटबल लिजेन्ड पेलेले करियरको एक हजारौं गोल गरेको ५० वर्ष पूरा भएको छ । सन् १९६९ को नोभेम्बर १९ मा पेलेले गरेको सो गोल र त्यसबेलाको रहस्यमयी सन्दर्भ यस्तो छ ।

त्यसबेला पेले अवे गेम खेलिरहेका थिए । उनले ब्राजिलको सबैभन्दा सानो र गरिब राज्य गएका बेला नौ सय ९९औं गोल गरिका थिए ।

अघिल्लो खेलमा नाटक भयो । ९९९औं गोल गरेपछि सान्तोसका गोलकिपर घाइते भए । अचम्म त सान्तोसका अतिरिक्त गोलकिपर थिएन । त्यसपछि पेलेले गोलकिपरको भूमिका निभाए ।

एक हजारौं गोल हुने सम्भवाना बढी थियो । तर, रहस्यमयी ढंगले सान्तोसका गोलकिपर घाइते हुन पुगे । त्यसभन्दा बढी टिममा सब्स्टिच्युट गोलकिपर थिएन । त्यसपछि पेलेले गोलकिपरको पोस्ट सम्हाले ।

अर्को खेलमा पेलेको एक हजारौं गोलको प्रत्यक्षदर्शी बन्नका लागि रंगशाला पुगे । उनीहरु पेलेले आफ्नो टिममाथि गोल गरेर एक हजारौं गोल गरेको हेर्न आएका थिए । डिफेन्सका खेलाडीहरु पेलेलाई रोक्ने हरदम प्रयास गरिरहेका थिए । तर, उसका आफ्नै समर्थकहरु बल छोड्नका लागि हुटिङ गरिरहेका थिए । सायद त्यो समयले पनि एउटा लिजेन्डको महत्वपूर्ण कोशेढुंगा फूटबलको सबैभन्दा ठूलो मन्दिर भनिने माराकाना रंगशालामा लेखेको थियो ।

सायद विपक्षी टिमले विपक्षी खेलाडीको कोशेढुंगा आफूविरुद्ध लेखिएको हेर्न चाहँदैनथ्यो । त्यसैले भास्को डि गामा टिमका फूल ब्याकले आफ्नै पोस्टमा गोल गरे । खेल एकएक गोलको बराबरीमा पुग्यो ।

त्यसपछि खेलको अन्तिममा फूटबलका राजालाई पेनाल्टी एरियामा फल गरियो । पेले लड्छन् । त्यसपछि सान्तोसले पेनाल्टी पाउँछ र सो पेनाल्टीमा पेलेले गोल गर्छन् ।

सन् १९७७ मा सन्यास लिनुपूर्व पेलेले १२ सय ८१ गेल पूरा गरेका थिए । २९औं वर्षको उमेरमा एक हजारौं गोलको कोशेढुंगा पार गरेका पेले अहिले ८० वर्षका भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्