आर्थिक

एफएनसीसीआईको चुनावका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन

हिमालय टिभी
२०७७ मंसिर ५ गते १३:४१
एफएनसीसीआईको चुनावका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन

५ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको चुनावका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

महासंघको निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको नामावली अनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्नु हुने छ भने वरिष्ठ उपाध्यक्षसहित बाँकी पदमा निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीको उम्मेद्वारी परेको छ ।

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महासंघको साधारणसभा मंसिर ११ गतेदेखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *