आर्थिक
सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार
२०७७ मंसिर ५ गते १३:३७

५ मंसिर, २०७७ काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । आज तोलाको ४ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला पाँच रुपैयाँ घटेको छ ।
बिहीबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको छ ।
प्रतिक्रिया