खेलकूद

बेल्जियम, इटाली, अष्ट्रिया, चेक रिपब्लिक र हंगेरी नेशन्स लीगको सेमीफाइनलमा

हिमालय टिभी
२०७७ मंसिर ४ गते ८:००
बेल्जियम, इटाली, अष्ट्रिया, चेक रिपब्लिक र हंगेरी नेशन्स लीगको सेमीफाइनलमा

४ मंसिर, २०७७ काठमाडौं । बेल्जियम, इटाली, अष्ट्रिया, चेक रिपब्लिक र हंगेरी नेशन्स लीग फूटबलको सेमिफाइनल चरणमा पुगेका छन् ।

गएराति सम्पन्न खेलमा डेनमार्कलाई हराउँदै बेल्जियमले सेमिफाइनलमा स्थान सुरक्षित पारेको हो । समूह ए टु अन्तर्गतको घरेलु मैदानमा समूह ए टु अन्तर्गत बेल्जियम ४(२ गोलले विजयी भएको हो ।

तेस्रो मिनेटमै युरी टेलिमान्सको गोलसँगै बेल्जियमले अग्रता बनायो । १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १–१ को बराबरी गरे । त्यसपछि दोस्रो हाफ अन्तर्गत रोमेलु लुकाकुले ५७ औं र ६९ औं मिनेटमा दुई गोल थपे ।

८६ औं मिनेटमा बेल्जियमका नासेर चाड्लीले आत्मघाती गोल गरे । लगत्तै ८७ औं मिनेटमा केभिन डी ब्रुनीले गोल गरेपछि बेल्जियम समग्रमा ४–२ ले विजयी भयो । बेल्जियमले ६ खेलबाट १५ अंक जोड्यो ।

बेल्जियमले अब अर्को चरणमा फ्रान्स, इटाली र स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यही समूहको अर्को खेलमा इंग्ल्याण्डले आइसल्याण्डलाई ४–० गोलले हरायो । दुबै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

त्यस्तै समूह ए वानमा इटालीले सेमिफाइनलमा स्थान पक्का बनायो । इटालीले बोस्निया हर्जगोभिनालाई २–० गोलले हराएको हो । यही समूहको अर्को खेलमा पोल्याण्डमाथि २–१ को जित निकालेपनि नेदरल्याण्ड्स अर्को चरण पुग्न असफल रह्यो ।

उता समूह बी वानमा नर्वेसँग १–१ गोलको बराबरी खेल्दै अष्ट्रिया सेमिफाइनलमा पुगेको छ । यसै समूहको अर्को खेलमा रोमानिया र नर्दन आयरल्याण्ड समेत १–१ को बराबरीमा रोकिए ।

त्यस्तै समूह बी टु मा स्लोभाकियालाई २–० ले हराउँदै चेक रिपब्लिक र समूह बी थ्री मा टर्कीलाई २० ले नै हराउँदै हंगेरी पनि सेमिफाइनमा पुगे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्