विदेश

कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै धेरै १० हजार ८ सय बढीको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ४ गते ७:३७
कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै धेरै १० हजार ८ सय बढीको मृत्यु

४ मंसिर, २०७७ काठमाडौं । पछिल्लो पटक विश्वमा कोरोना संक्रमणबाट हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

गएको पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ८ सय भन्दा बढीको मृत्यु भएको हो । यसअघि अघिल्लो दिनमात्रै सबैभन्दा धेरै १० हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका थिए ।

सबैभन्दा बढी अमेरिकामा झण्डै दुई हजार जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढी हो । पछिल्लो समय अमेरिकामा संक्रमित र मृतक संख्या लगातार बढिरहेको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५६ हजार नाघेको छ ।

अमेरिकापछि ब्राजिलमा ७ सय ५४, इटालीमा ७ सय ५३, बेलायतमा ५ सय २९, भारतमा ५ सय ८७ तथा रुसमा ४ सय ५६ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या झण्डै १३ लाख ५४ हजार पुगेको छ ।

यस्तै बुधबार विश्वभर ६ लाख ९ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ । सबैभन्दा बढी अमेरिकामा १ लाख ६८ हजार भन्दा बढी संक्रमित थपिंदा भारतमा ४५ हजार, इटालीमा ३४ हजार तथा ब्राजिलमा ३५ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख नाघेको छ । त्यस्तै संक्रमणमुक्त हुने ३ करोड ९३ लाख १६ हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *