खेलकूद

क्रिकेट संघले आगामी दुई साताभित्र मुख्य प्रशिक्षक नियुक्त गर्ने

हिमालय टिभी
२०७७ मंसिर ३ गते १७:१४
क्रिकेट संघले आगामी दुई साताभित्र मुख्य प्रशिक्षक नियुक्त गर्ने

३ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई हप्ता भित्रमा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।

मुख्य प्रशिक्षक पदका लागि भएको अन्तरवार्ताको प्रतिवेदन क्यानले अन्तरार्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाइसकेको छ । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएकोमा क्यानले २५ जनाको नाम आइसीसीलाई पठाएको थियो ।

क्यानले छनोट गरेका २५ जनामध्ये आईसीसीले १४ जना आवेदकलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो । क्यानले अन्तर्वार्ता लिएका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

उनीहरुसँग भएको अन्तर्वार्ताको प्रतिवेदन आईसीसीमा पठाएसँगै ढिलोमा मंसिर १५ गतेसम्ममा नयाँ प्रशिक्षक नियुक्त हुने गर्ने क्यानको तयारी छ ।

मुख्य प्रशिक्षक छनोटका लागि क्यानले गठन गरेको ५ सदस्यीय समितिले मुख्य प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो । नयाँ नियुक्त हुने प्रशिक्षकले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिने क्यानको विश्वास छ ।

नेपाली क्रिकेट बुझेको, एशोसियट र विश्व क्रिकेटको गतिविधिको जानकार र एक दिवसीय क्रिकेटमा राम्रो नतिजा दिन सक्ने व्यक्ति मुख्य प्रशिक्षक छान्ने क्यानको दावी छ

मुख्य प्रशिक्षकको तलब र अन्य सुविधा भने आपसी सहमतिमा टुङ्गो लाग्ने छ । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएसँगै १० महिनादेखि नेपाली टोली प्रशिक्षकविहीन छ ।

गत माघमा नेपालमै भएको आईसीसी विश्वकप क्रिकेट लिग टु सकिएसँगै लागू हुने गरी पटवालले नेपाली टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्