खेलकूद

१६ वर्षपछि इंग्ल्याण्डको क्रिकेट टोलीले पास्कितान भ्रमण गर्ने

हिमालय टिभी
२०७७ मंसिर ३ गते १७:०१
१६ वर्षपछि इंग्ल्याण्डको क्रिकेट टोलीले पास्कितान भ्रमण गर्ने

३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले १६ वर्षपछि पहिलो पटक पाकिस्तान भ्रमण गर्ने भएको छ ।

सन् २००५ पछि इंग्ल्याण्डले पाकिस्तान गएर क्रिकेट खेलेको छैन । सन् २००९ मा श्रीलंका क्रिकेट टिममाथि लाहोरमा आतंकवादी हमला भएपछि पाकिस्तानले आफ्नो मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएको थिएन ।

त्यसपछि युइईलाई पाकिस्तानले आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको छ । इंग्लिस क्रिकेट बोर्डले सन् २०२१ को अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने छ ।

त्यहाँ इंग्ल्याण्डले दुईवटा ट्वेन्टी ट्वेन्टी खेल खेल्नेछ । अक्टोबर १४ र १५ मा यो खेल हुने तयारी छ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको पूर्व सन्ध्यामा यो सिरिज हुनेछ । त्यसपछि इंग्लिस टिम प्रतियोगिताका लागि भारत प्रस्तान गर्नेछ ।

आतंकवादी हमला भएपछि १० वर्ष पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल भएनन् । अघिल्लो वर्ष जिम्बावे टिमले पाकिस्तान भ्रमण गरेको थियो ।

त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पनि पाकिस्तानमा खेल्नका लागि निमन्त्रण आएको थियो । तर, सुरक्षाका कारण देखाउँदै नेपाली टिमले पनि सो प्रस्ताव अस्वीकार गरेको थियो । पछिल्लो पटक पाकिस्तान सुपर लिगमा विदेशी खेलाडीको उपस्थिती पनि राम्रो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्