आर्थिक

तोकियो नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्युनतम मूल्य

हिमालय टिभी
२०७७ मंसिर २ गते १८:२०
तोकियो नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्युनतम मूल्य

२ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ ।

कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२ दशमलव ५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डले जनाएको छ । नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित फ्रेश चेरी ‘ए ग्रेड’ को प्रतिकिलो ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ ।

यस्तै ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४ सय ५० रुपैयाँ र ‘बी ग्रेडको प्रतिकिलो मूल्य ३ सय ९७ रुपैयाँ तोकिएको छ ।

बोर्डले चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रसोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १ सय ४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ ।

‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्ष भन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *