खेलकूद
एटीपी फाइनल्स टेनिसमा जोकोभिक र मेदभेदेभले विजयी शुरुवात
२०७७ मंसिर २ गते ७:४६

२ मंसिर, २०७७ कठटमाडौं । एटीपी फाइनल्स टेनिसमा नोभाक जोकोभिक र डानिल मेदभेदेभले विजयी शुरुवात गरेका छन् ।
विश्व नम्बर एक जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई पराजित गरेका हुन् । लण्डनमा गएराति भएको खेलमा सर्वियाका जोकोभिकले डिएगोमाथि ६–३ र ६–१ को सेटमा जित निकाले ।
यससँगै ३३ वर्षीय जोकोभिच डिएगोविरुद्धको ६ खेलमा अपराजित रहन सफल भएका छन् ।
त्यस्तै अर्को खेलमा चौथो वरियताका मेदभेदेभले जर्मनीका एलेक्जेन्डर जारेभलाई हराए । रुसी खेलाडी मेदभेदेभले पाँचौं वरियताका जारेभमाथि ६(३ र ६(४ को सेटमा जित निकालेका हुन् ।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यस पटकको प्रतियोगिता दर्शक बिना सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया