खेलकूद

दोस्रो खेलका लागि नेपाली फूटबल टोली प्रशिक्षणमा व्यस्त

हिमालय टिभी
२०७७ मंसिर १ गते १८:०१
दोस्रो खेलका लागि नेपाली फूटबल टोली प्रशिक्षणमा व्यस्त

१ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फुबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।

पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नैपर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताउनुभयो । पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफुहरु रहेको उहाँले बताउनुभयो ।

कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उहाँले बताउनुभयो । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरुलाई सच्याउने पनि उहाँले बताउनुभयो ।

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाई छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्