विदेश

अमेरिकामा एकैदिन पौने दुई लाख जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ कार्तिक ३० गते ९:०६
अमेरिकामा एकैदिन पौने दुई लाख जनामा कोरोना भाइरस संक्रमण पुष्टि

३० कात्तिक, २०७७, न्युयोर्क । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस संक्रमित भएका छन् ।

विश्वव्यापी महामारी फैलिएको शुरुदेखि नै बढी संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस संक्रमित भएका छन् ।

एकैदिनमा यति धेरै संक्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले सबै राज्यमा संक्रमितहरुको संख्या बढिरहेको र कम्तीमा दश राज्यमा यो संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन् ।

संक्रमितको संख्या बढेपछि स्थानीय सरकारी अधिकारीहरुले सतर्कता अपनाउन आह्वान गर्दै आएका छन् ।

मास्कको प्रयोगको विपक्षमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय निर्वाचनबाट पराजित भएपछि स्थानीय अधिकारीहरुले पनि मास्कको प्रयोगलाई जोड दिन थालेका छन् । कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *