खेलकूद

फ्रान्स र जर्मनी युइएफए नेशन्स लीग फूटबलको फाइनल चरणमा

हिमालय टिभी
२०७७ कार्तिक ३० गते ७:३१
फ्रान्स र जर्मनी युइएफए नेशन्स लीग फूटबलको फाइनल चरणमा

३० कात्तिक, २०७७ काठमाडौं । फ्रान्स र जर्मनी युइएफए नेशन्स लीग फूटबलको फाइनल चरणमा पुगेका छन् ।

नेशन्स लीगमा फ्रान्सले साविक विजेता पोर्चुगललाई १–० ले हराउँदै फाइनल चरणमा स्थान पक्का पारेको हो । पोर्चुगलको लिस्बनमा समूह ए थ्री अन्तर्गतको खेलमा एनगोलो कान्टेले गरेको गोल नै निर्णायक रह्यो ।

कान्टेले ५३ औं मिनेटमा गोल गरेका थिए । लीग चरणमा अब एक खेल बाँकी रहँदा शीर्ष स्थानको फ्रान्सले ५ खेलबाट १३ अंक जोड्दा दोस्रो स्थानको पोर्चुगलको समान ५ खेलबाट १० अंक रहेको छ ।

यही समूहको अर्को खेलमा स्विडेनले क्रोएशियामाथि २–१ गोलको जित निकाल्यो ।

उता समूह ए फोर अन्तर्गत जर्मनीले युक्रेनलाई ३–१ ले हरायो । जर्मनीमा भएको खेलको १२औं मिनेटमै रामन यारेमचकको गोलसँगै युक्रेनले शुरुवाती अग्रता बनायो । तर त्यसपछि युक्रेनले लगातार तीन गोल गर्न सफल भयो ।

उसका लागि २३ औं मिनेटमा लेरोय साने तथा ३३औं र ६४ औं मिनेटमा टीमो वेरनरले गोल थपेका थिए । जितसँगै शीर्ष स्थानको उक्लिएको जर्मनीले ५ खेलबाट ९ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा स्पेन र स्वीटजरल्याण्डले ११ गोलको बराबरी खेलेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्