पर्यटन क्षेत्रले गति लिन थालेको मन्त्री भट्टराईको दाबी

२९ कात्तिक, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभएको छ ।
आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला छिमेकी देशबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडी बढ्न थालेको संकेत भएको बताउनुभयो ।
राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफु नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै छिट्टै आफु अर्को भ्रमणमा आउने विश्वास दिलाउनुभयो । उहाँले हरेक वर्ष एक पटक नेपालको भ्रमणमा आफु आउने गरेको पनि बताउनुभयो ।
राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो ।
प्रतिक्रिया