एनएनआइपीए र स्काई ब्राण्डबीच सम्झौता
२९ कात्तिक, २०७७ काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेला संघ (एनएनआईपीए)ले यो वर्षदेखि राइजिङ प्लेयर अफ दि इयर विधामा पनि खेलाडीलाई सम्मान गर्ने भएको छ ।
सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी लागतका सम्मान प्रदान गर्दै आएको एनएनआइपिएले यो वर्षबाट राइजिङ प्लेयर अफ दि इयर विधामा पनि सम्मानित गर्ने भएको हो ।
५० हजार रुपैयाँ राशी नगद पुरस्कार रहेको यो सम्मानबाट एक महिला र एक जना पुरुष खेलाडी सम्मानित हुनेछन् । यो सम्मानका लागि स्काई ब्राण्ड नेपालले प्रायोजन स्वरुप वर्षको एक लाख रुपैयाँ प्रदान गर्ने छ ।
यस सम्बन्धमा स्काई ब्राण्ड नेपाल र एनएनआइपिएबीच ५ वर्षका लागि आज सम्झौता समेत भएको छ । स्काइ ब्राण्ड नेपालले आजैबाट औपचारिक सुरुवात भएको हो ।
एनएनआइपिए हरेक वर्ष सर्वोत्कृष्ट महिला र पुरक्ष खेलाडीलाई १ लाख रुपैयाँले सम्मान गर्दै आएको छ । यस्तै प्रतिभावान महिला पुरुष खेलाडीलाई ५० हजार नगदसहित सम्मान गर्दै आएको छ ।
अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा सम्बन्धित राष्ट्रिय संघले सिफारिस गरेअनुसार हेक वर्ष खेलाडीहरु सम्मानित हुँदै आएका छन् ।
यस्तै एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एकजना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत गरिँदै आएको छ ।
प्रतिक्रिया