विदेश

भारत–पाकिस्तान सीमा क्षेत्रमा झडप, दुवै देशका गरी कम्तिमा १६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १३:४६
भारत–पाकिस्तान सीमा क्षेत्रमा झडप, दुवै देशका गरी कम्तिमा १६ जनाको मृत्यु

२९ कात्तिक, २०७७ नयाँ दिल्ली । जम्मू–श्मीरस्थित भारत–पाकिस्तानको नियन्त्रण रेखामा भएको झडपमा दुबै देशका सैनिकसहित कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

हिजोदेखि भएको भिडन्तमा पाँचजना भारतीय र एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । भारततर्फ ६ र पाकिस्तान तर्फ ४ सर्वसाधारणको पनि ज्यान गएको छ ।

भारतले पाकिस्तानका ११ सैनिकको मृत्यु भएको दाबी गरेको छ । दुबै तर्फ गरेर ३ दर्जन भन्दा बढी सैनिक घाइते भएका छन् ।

अन्य केही आम नागरिक पनि घाइते भएका छन् । दुवै देशले नियन्त्रणरेखामा युद्धविराम सम्झौता उल्लंघन गरेको एक अर्कालाई आरोप लगाएका छन् ।

पाकिस्तानी अधिकारीले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै लडाइ शुरु गरेको आरोप लगाएका छन् । भारतीय सेनाले भने पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको दाबी गरेको छ ।

भारत र पाकिस्तानका सेनाबीच नियन्त्रणरेखामा पटक पटक भिडन्त हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *