आर्थिक

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा करिब एक अर्ब बढी राजस्व असुली

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १३:०९
नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा करिब एक अर्ब बढी राजस्व असुली

२९ कात्तिक, २०७७, नेपालगञ्ज । खुल्ला सीमा नाकाबाट हुने चोरी तस्करी रोकिएपछि नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा करिव एक अर्ब बढी भन्सार राजस्व असुली गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयले साउन, भदौ असोज र कात्तिक महिनामा निरन्तर लक्ष्यभन्दा बढी राजस्व असुली गरेको हो ।

नेपाल र भारतबीचको खुल्ला सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेर अवैध चोरी तस्करीलाई स्थानीय प्रशासनले कडाईका साथ नियन्त्रण गरेपछि मुख्य नाकाबाट वैधानिक रुपमा आयात भएपछि राजस्व बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *