खेलकूद

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल, उरुग्वे र चिली विजयी

हिमालय टिभी
२०७७ कार्तिक २९ गते ९:०६
फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल, उरुग्वे र चिली विजयी

२९ कात्तिक, २०७७ काठमाडौं । फिफा विश्वकप फूटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल, उरुग्वे र चिली विजयी भएका छन् ।

छनोटमा ब्राजिलले भेनेजुएलालाई १–० गोलले पराजित गरेको छ । ब्राजिलको जितमा खेलको ६६ औं मिनेटमा रोबर्टो फिरमिन्होले गरेको गोल नै निर्णायक रह्यो । ३ खेलबाट ९ अंक जोडेको ब्राजिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा उरुग्वेले कोलम्बियालाई ३(० ले हरायो । उरुग्वेका लागि इडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक(एक गोल गरे । पाँचौं मिनेटमै काभानीको गोलसँगै उरुग्वेले अग्रता बनायो । त्यसपछि उरुग्वेका लागि ५४ औं मिनेटमा स्वारेज र ७३ औं मिनेटमा डार्विनले गोल थपेका थिए ।

खेलको ९० औं मिनेटमा यरी मिनाले रातो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । जितसँगै ३ खेलमा ६ अंक जोड्दै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । कोलम्बिया भने समान खेलमा ४ अंक जोड्दै सातौं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा चिलीले पेरुलाई २(० ले पराजित गर्योा । चिलीको जितमा अर्टुरो भिडालले दुबै गोल गरेका थिए । उनले २० औं मिनेटमा र ३५ औं मिनेटमा गोल थपेका थिए ।

विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । ३ खेलबाट ४ अंक जोडेको चिली छैटौं स्थानमा छ । उता पेरु १ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्