खेलकूद

बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपाल २–० ले पराजित

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १९:०५
बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपाल २–० ले पराजित

२८ कात्तिक, २०७७ काठमाडौं । बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको छ ।

कोरोनाको महामारीका कारण आठ महिनापछि मैदानमा उत्रिएको नेपाल पूरै खेलमा बंगलादेशको दबाबमा परेको थियो ।

ढाका स्थित बंगबन्धु रंशगालामा भएको खेलको सुरुवातमा नै नेपालले गोल खायो । १०औं मिनेटमा मोहम्मद जिवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । उनले मोहम्मद साइद उद्धिनको पासमा पेनाल्टी बक्सभित्रबाट गोल गरेका थिए ।

२७औं मिनेटमा बंगलादेशले अर्को उत्कृष्ट प्रहार गरेको थियो । सलाई गोलकिपर किरण चेम्जोङले बचाउ गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो ।

८० औं मिनेटमा नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै काउन्टर अट्याकमा बंगलादेशका महाबुबुर रहमानले उत्कृष्ट गोल गरे । बंगलादेशविरुद्ध नेपालले पछिल्ला तीन खेलमा पहिलो हार ब्यहोरेको हो ।

सन् २०१५ मा भएको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालले बंगलादेशसँग हारेको थिएन । आजको खेलमा नेपाली खेलाडीमा फिटनेसको पनि समस्या देखिएको छ । बंगलादेशसँग अर्को मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्