खेलकूद

नेपालले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण फूटबल खेल्दै

हिमालय टिभी
२०७७ कार्तिक २८ गते ७:०२
नेपालले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण फूटबल खेल्दै

२८ कात्तिक, २०७७, काठमाडौं । बंगलादेशसँग आज नेपालले पहिलो मैत्रीपूर्ण खेल्ने भएको छ । नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किन लागेको हो ।

कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । ढाकास्थित बंगबन्ध रंगशालामा आज दिउँसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो ।

एक साताअघि बंगलादेश पुगेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ । एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली आज घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद नतिजाको खोजीमा हुनेछ । कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउन पक्षमा रहेका छन् ।

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचको विजेताले ट्रफी पनि पाउने वुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी गराइएको छ । कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरु स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा पनि लिएका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । एसियाली पुूटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको छ ।

यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएका थिए । आज बंगलादेशसँग खेल्न लागेको नेपालले ‘हेड टु हेड’ मा निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्