विदेश

साउदी अरेवियामा विदेशी श्रम कानूनमा परिमार्जन, नेपालीलाई पनि लाभ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २७ गते १७:४५
साउदी अरेवियामा विदेशी श्रम कानूनमा परिमार्जन, नेपालीलाई पनि लाभ (भिडियोसहित)

२७ कात्तिक, २०७७ रियाद । साउदी अरेवियाले विदेशी श्रम कानुनमा परिमार्जन गरेको छ । यसले नेपाली कामदारलाई पनि ठुलो फाइदा पुग्ने विश्वास गरिएको छ ।

साउदीको मानव संशाधन र सामाजिक विकास मन्त्रालयले विदेशी कामदारको हित हुने गरी महत्वपूर्ण निर्णय गरेको हो ।

साउदीका राजकुमार मोहम्मद विन सलमानले अघि सारेको भिजन ट्वेन्टी–थर्टी कार्यक्रम अन्तर्गत यो निर्णय गरेका हुन् । जसले त्यहाँ काम गर्ने विदेशी कामदारलाई थप अधिकार दिनेछ ।

यो प्रावधान अनुसार विदेशी कामदारले आफ्नो इच्छा अनुसार कम्पनी बदल्न, छोड्न, साउदी अरेविया छोड्न, पुनः प्रवेश गर्न सक्नेछन् ।

यसले साउदीमा काम गर्ने करिब चार लाख नेपाली कामदारलाई प्रत्यक्ष फाइदा पुग्नेछ । यो प्रावधान सन् २०२१ को मार्चदेखि लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *