खेलकूद

खेलकूद गतिविधि सञ्चालनको निर्णय तिहारपछि मात्र हुने

हिमालय टिभी
२०७७ कार्तिक २७ गते १७:३८
खेलकूद गतिविधि सञ्चालनको निर्णय तिहारपछि मात्र हुने

२७ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले खेलकूद गतिविवधि सञ्चालन गर्ने बारेमा तिहारपछि निर्णय गर्ने भएको छ ।

त्यसका लागि तिहारलगत्तै बोर्ड बैठक बोलाइएको राखेपका उपाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो । राखेपको वार्षिक क्यालेण्डर र कोरोनाका कारण ठप्प जस्तै रहेको नेपाली खेलकुद सञ्चालन गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

यस्तै दीर्घकालिन योजना, नयाँ बनेको राष्ट्रिय खेलकूद विकास ऐनको कार्यान्वयन, पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल केन्द्रित हुनेछ ।

दशैंलगत्तै गर्ने भनिएको राखेपको बोर्ड बैठक तयारी नपुगेको भन्दै अध्यक्ष तथा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले तिहारपछिलाई सार्नुभएको हो । नेपालको अन्तराष्ट्रिय सहभागिताका विषयमा पछि बैठकमा छलफल हुने र यसका लागि कुनै समस्या नरहने राखेपको दाबी छ ।

पछिल्लो पटक गत वर्षको बैशाखमा भएको आठौं राष्ट्रिय खेलकूदको समापन अघि राखेपको बोर्ड बैठक बसेको थियो । वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने बोर्ड बैठक झण्डै दुई वर्षदेखि बस्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्