रौतहटमा युवतीको गोली हानी हत्या
२०७७ कार्तिक २७ गते १७:३४

२७ कात्तिक, २०७७ रौतहट । रौतहटमा एक युवतीको गोली हानी हत्या गरिएको छ ।
माधव नारायण नगरपालिका वाड नम्बर ७ लौकाहाटोलकी १७ वर्षीया अमृता साहको गएराती गोली हानेर हत्या गरिएको हो ।
सुतिरहेको बेला साहको दायाँ कन्चटमा गोली हानिएको पाइएको छ । मृतककी आमा सिता देवी साह राति घरवाहिर रहेको शौचालय गएका बेला हतियारधारी व्यक्ति पसेर हत्या गरेको बताइएको छ ।
विवाहित अमृता श्रीमानसँग सम्वन्धविच्छेदपछि माइतिमा बस्दै आएकी थिइन । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य बढेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन् । रौतहटमा पछिल्लो ३ महिनामा ५ महिलासहित ७ जनाको हत्या भएको छ ।
प्रतिक्रिया