अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा पोर्चुगल विजयी

२७ कात्तिक, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा पोर्चुगल विजयी भएको छ ।
गएराति सम्पन्न खेलमा पोर्चुगलले एण्डोरामाथि ७–० गोलको शानदार जित निकालेको हो । घरेलु मैदानमा आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
त्यसपछि २९ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफ अन्तर्गत पोर्चुगलका लागि ५६ औं मिनेटमा रेनाटो साञ्चेज, ६१ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो, ८५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डो र ८८ औं मिनेटमा जोआ फेलिक्सले गोल थपेका थिए ।
त्यस्तै पोर्चुगलको जितमा ७६ औं मिनेटमा एण्डोराका एमिली गार्सियाले आत्मघाती गोल गरेका थिए । एक गोल गरेका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुर्याएका छन् । ३५ वर्षीय रोनाल्डो इरानका अली देईको कीर्तिमानबाट मात्र ७ गोल टाढा छन् ।
यस्तै अन्य मैत्रीपूर्ण खेल अन्तर्गत इटालीले इस्टोनियालाई ४–०, डेनमार्कले स्विडनलाई २–० तथा जर्मनीले चेक रिपब्लिकालाई १–० ले हराए ।
त्यस्तै फिनल्याण्डले फ्रान्सलाई २–० ले हराउँदा स्पेन र नेदरल्याण्ड्सले ११ को बराबरी खेले ।
प्रतिक्रिया