विदेश

अमेरिकी राष्ट्रपतीय निर्वाचनः जर्जिया राज्यमा पुनः मतगणना गरिने

हिमालय टिभी
२०७७ कार्तिक २७ गते ७:१६
अमेरिकी राष्ट्रपतीय निर्वाचनः जर्जिया राज्यमा पुनः मतगणना गरिने

२७ कात्तिक, २०७७ न्युयोर्क । हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जिया राज्यको मत पुनः गणना गरिने भएको छ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कम अन्तरले अग्रता लिएको जर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो।

इलेक्टोरल कलेज मत रहेको जर्जियामा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति बाइडेनबीच करिब १४ हजार मतको अन्तर छ। तीव्र प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो।

हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालक टोलीले यसलाई महत्त्वपूर्ण पहिलो कदम भनेको छ।

रिपब्लिकन पार्टीका तर्फबाट जर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीलाई यो निष्ठा र पारदर्शिताको जित भएको बताएका छन्।

उनले आफूले त्यो मतगणना राज्यले तोकेको अन्तिम मिति नोभेम्बर २० तारिखसम्ममा सकिने आशा गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *