आर्थिक

कर्णालीका किसानलाई वार्षिक दुई प्रतिशत ब्याजमा एक करोडसम्म ऋण

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १८:४४
कर्णालीका किसानलाई वार्षिक दुई प्रतिशत ब्याजमा एक करोडसम्म ऋण

२६ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशका किसानले वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म ऋण पाउने भएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

व्यावसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन, किसानको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको कृषि मन्त्री विमला केसीले बताउनुभयो ।

ब्याज अनुदान कार्यक्रमअन्तर्गत प्रदेशका कृषि र पशुपंक्षीका क्षेत्रमा व्यवसाय गर्ने किसानले अब वार्षिक दुई प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण पाउने छन् ।

कृषि विकास बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गरिरहेको छ । ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सात प्रतिशत ब्याज तिरिदिनेछ ।

यसरी ऋण लिए एक लाख रकमको वार्षिक दुई हजार मात्रै ब्याज तिर्नुपर्नेछ । ऋण लिँदा किसानले धितो भने राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजनाअनुसार एक लाखदेखि एक करोड रुपैयाँसम्म ऋण लिन सकिने सम्झौता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *