१०औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ल्यायो विभिन्न अफर
२६ कात्तिक, २०७७ काठमाडौं । पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनी फुडमान्डूले १० औं वार्षिकोत्सवको अवसरमा १० वटा कम्पनीसँग सहकार्य गरेर विभिन्न अफर ल्याएको छ ।
यसअघि खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डु एपमा अब सहकार्यमा संलग्न कम्पनीका विभिन्न प्रकारका निश्चत सामान पनि ग्राहकले अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नोभेम्बर ११ देखि २१ तारिखसम्म चल्ने अफर तथा सेवामा दुई दर्जन बढी रेष्टुरेन्टबाट अधिकतम ५० प्रतिशतसम्मको छुट दिइएको छ ।
एनआईसी एसिया बैंकका प्रयोगकर्ताले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्वजनिक गरेको छ ।
फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवा नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायत सिधै ग्राहकको घरमा डेलिभरी गर्दै आएको छ।
प्रतिक्रिया