भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्जालन
२६ कात्तिक, २०७७ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउने उद्देश्यले भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर सञ्चालनमा ल्याइएको हो ।
भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्ने बताइएको छ ।
एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने छन् ।
नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कात्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहार प्राप्त गर्ने एनसेलले जनाएको छ ।
प्रतिक्रिया