आर्थिक

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १३:२५
टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

२६ कात्तिक, २०७७ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *