मुम्बईले जित्यो १३औं संस्करणको आईपीएल उपाधि

२६ कात्तिक, २०७७ काठमाडौं । मुम्बई इण्डियन्सले पाँचौ पटक इण्डियन प्रिमियर लीग (आईपीएल)को उपाधि उचालेको छ ।
गएराति सम्पन्न १३ औं संस्करणको आईपीएलको फाइनलमा साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।
१ सय ५७ रनको लक्ष्य मुम्बईले १८ दशमलव ४ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गरेको थियो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै इशान किशन ३३ रनमा अविजित हुँदा क्विन्टन डिकक २० तथा सूर्यकुमार यादव १९ रनमा पेभेलिएन फर्के । बलिङमा दिल्लीका एनरिक नोर्जेले दुई विकेट हात पारे ।
यसअघि दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
दिल्लीको शुरुवात खराब रह्यो । पहिलो बलमै मार्कस स्टोइनिसलाई गुमाएको दिल्लीको त्यसपछि पनि खराब प्रदर्शन जारी रह्यो । कुनै समय २२ रनमा ३ विकेट गुमाएको स्थितीमा रहेको दिल्लीको इनिंग्स कप्तान श्रीयस अइयर र ऋषभ पन्तले केही सम्हालेका थिए ।
अइयर ६५ रनमा अविजित रहे भने पन्त ५६ रनमा आउट भए । बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले तीन तथा नाथन कौल्टर नाइलले दुई विकेट लिए । बोल्ट म्यान अफ द म्याच चुनिए ।
त्यस्तै राजस्थान रोयल्सका जोफ्रा आर्चर म्यान अफ द म्याच घोषित भए । १३ औं संस्करणको आईपीएल गएको सेप्टेम्बर १९ तारिखदेखि युएईमा शुरु भएको थियो ।
जीतसँगे मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पाएको छ ।
प्रतिक्रिया