आर्थिक

तिहारलाई नेपालमै फूल मनग्य, खेर जाला कि भन्ने चिन्तामा किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १६:०६
तिहारलाई नेपालमै फूल मनग्य, खेर जाला कि भन्ने चिन्तामा किसान (भिडियोसहित)

२५ कात्तिक, २०७७ काठमाडौं । तिहारलाई उज्यालोसँगै फूलैफूलको पर्वका रुपमा पनि चिनिन्छ । यमपञ्चकका पाँचै दिन फूलको प्रयोग हुने भएकाले पनि बजारमा फूलको माग अधिक हुने गरेको छ । तर यसपटक कोरोना भाइरस त्रासका कारण तिहारको रौनक विगतमा जस्तो हुने देखिँदैन्न ।

त्यसमा पनि सस्तो हुने बहानामा व्यापारीले भारतबाटै फूल ल्याउने पनि गरेका छन् । त्यसैले फूल किसानलाई कतै आफूहरुका खेतमा फूलेका फूल खेर जाने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यो वर्ष भने कोरोनाका कारण चाड पर्वको रौनक नरहेको भन्दै १५ लाख रुपैयाँ मात्रै मालाको माग हुने अनुमान गरिएको छ । र यो मागलाई नेपाली उत्पादनले मज्जाले धान्न सक्छ । तर धेरै फाइदा हुने नाममा व्यापारीले भारतबाट फूल ल्याउने गरेका छन् । र फूल किसानको चिन्ता यसैमा छ ।

नेपालका २२ जिल्लामा व्यावसायिक फूल खेती हुने गरेको सरकारी तथ्याङ्क छ । तीमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा उत्पादन हुन्छ । बाग्मती प्रदेशमा उत्पादन हुने फूलले नेपालको कूल उत्पादनको झन्डै ७० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

नागार्जुन नगरपालिका वडा नं ६ सँगै वडा नं ३ मा पनि बाह्रै महिना फूल खेती हुन्छ । अर्थात यो क्षेत्रका बासिन्दाको आम्दानीको एउटा दरिलो श्रोत फूल नै हो । तर यो वर्ष कोरोना भाइरस स‌ंक्रमणको त्रासले गरिएको लकडाउन र निषेधाज्ञाले फूल खेतीमा असर पर्‍यो । बर्खामा पनि रोपेका फूल बारीमै खेर गए । त्यसैले तिहारका लागि भनेर उनीहरुले खासै धेरै फूल लगाउने आँट गरेनन् ।

अहिले तिहार नजिइकिसकेको छ । त्यसैले बारीमा फूलेका फूल बजारसम्म पुर्‍याउन उनीहरु लागिपरेका छन् । तर कोरोना त्रास अझै बाँकी छ । त्यसैले यो तिहारमा पनि फूल बारीमै सुकेर जाने त होइन भन्ने उनीहरुलाई चिन्ता छ ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यो वर्ष भने कोरोनाका कारण चाड पर्वको रौनक नरहेको भन्दै १५ लाख रुपैयाँ मात्रै मालाको माग हुने अनुमान गरिएको छ । र यो मागलाई नेपाली उत्पादनले मज्जाले धान्न सक्छ । तर धेरै फाइदा हुने नाममा व्यापारीले भारतबाट फूल ल्याउने गरेका छन् । र फूल किसानको चिन्ता यसैमा छ ।

तर जे जस्तो भए पनि तिहार नजिकिएसँगै उनीहरुको मनमा आशाको दियो भने बलेको छ । कोरोनाले बजारमा असर गरे पनि दशै‌जस्तो तिहार त नहोला भन्ने झिनो आशा उनीहरुमा छ ।

कोरोना भाइरसले हरेक क्षेत्रमा असर पुर्‍याएको छ । तर सरकारको साथ र सहयोग हुने हो भने कोरोनाले थलिएको हाम्रो अर्थतन्त्र उकास्न गाह्रो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *