आर्थिक
सुनको भाउ तोलामा ३ हजार ४ सयले घट्यो, प्रतितोला ९४ हजार ८ सयमा कारोबार
२०७७ कार्तिक २५ गते १३:२८
२५ कात्तिक, २०७७ काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । नेपाली बजारमा केही दिनयता उकालो लागिरहेको सुन हिजो ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा केही सफलता मिल्नुले सुनचाँदीको मूल्य घटेको बताइएको छ ।
कोरोना खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घटेको हो।
यस्तै आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया