खेलकूद

आईपीएल उपाधिका लागि आज दिल्ली र मुम्बई भिड्दै

हिमालय टिभी
२०७७ कार्तिक २५ गते ७:४१
आईपीएल उपाधिका लागि आज दिल्ली र मुम्बई भिड्दै

२५ कात्तिक, २०७७ काठमाडौं । १३ औं संस्करणको इण्डियन प्रिमियर लीग (आईपीएल) को उपाधिका लागि आज साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज उपाधिका लागि मुम्बई र दिल्ली भिड्न लागेका हुन् । मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फानइलमा पुगेको थियो ।

उता दिल्लीले भने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । दिल्ली पहिलो पटक फाइनल पुगेको हो भने मुम्बईले चार पटक आईपीएलको उपाधि जितिसकेको छ ।

उता दिल्लीमा नै आवद्ध रहेका नेपाली क्रिकेटर संदीप लामिछानेले जारी प्रतियोगितामा एक पटक पनि खेल्ने मौका पाएका छैनन् । खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्