खेलकूद

राष्ट्रिय फूटबल टोली के गर्दैछ ढाकामा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते २०:२५
राष्ट्रिय फूटबल टोली के गर्दैछ ढाकामा ? (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत गत वर्ष कुवेतसँग खेले यता नेपाली सिनियर फुटबल टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन् । पोहोर मंसिरमा फिफा विश्वकप छनोटको होम म्याच भुटानमा खेलेको नेपाली टोली एक वर्ष पछि अन्तर्राष्ट्रिय खेलको लागि अहिले बंगलादेशमा छ । विश्वकप छनोटको तयारीमा रहेका खेलाडी कोरोनाका कारण करिब एक वर्षपछि मैदानमा उत्रने तयारीमा छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत गत वर्ष मंसिर ३ गते भुटानमा कुवेतसँग खेलेपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय फुटबल टिम बंगलादेशमा छ ।

विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीमा रहेको नेपालले कोरोनाका कारण चैत यता प्रशिक्षण पनि गर्न पाएको छैन् । सात महिना भन्दा बढि समयपछि नेपालले कात्तिक २८ र मंसिर २ घरेलु टोली बंगलादेशसँग दुई मैत्रीपूर्ण फूटबल खेल्दैछ ।

२३ वर्ष मुनिको फूटबल टोलीले घरेलु मैदानमा दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जिते पनि एक वर्षपछि मैदानमा उत्रने तयारीमा रहेको राष्ट्रिय टोलीमा यसपटक थुप्रै उतारचढाव देखिएको छ । छोटो समयको तयारीका लागि प्रारम्भिक प्रशिक्षणमा डाकिएका खेलाडी मध्ये ७ जनालाई कोरोना संक्रमण पुष्टि भयो, रोहित चन्द घाईते भए ।

त्यसैले केही नयाँ र युवासहित २५ खेलाडी सम्मिलित टोली लिएर प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशमा छन् । सहिद स्मारक‘ ए डिभिजन लिगमा सबभन्दा धेरै गोल गरेका आशिष लामा र अनुभवी तथा भरपर्दा खेलाडी रोहित चन्द टोलीमा नभएपछि ८ नयाँ अनुहार समाबेश छन् । एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक टोलीमा परे ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गरिरहेका छन् । ८ जना खेलाडी स्वास्थ्य समस्याका कारण टोलीबाट बाहिरिँदा प्रशिक्षक महर्जनलाई अन्तिम छनोट प्रक्रिया पनि सहज हुन् पुग्यो ।

तर, विषम परिस्थितिमा बनेको यो टोली उनको पहिलो रोजाईको टोली भने होइन् । यस्तोमा नयाँ खेलाडीसहितको टोलीलाई लिएर उनले कसरी खेलाउने हुन् भन्ने उत्सुकताको विषय बनेको छ । तर ढाका पुगेका खेलाडी र प्रशिक्षक दुवैको मनोबल उच्च छ ।

यसअघि पनि सिनियर टोलीलाई प्रशिक्षण गराएको र सागमा पनि प्रशिक्षकको जिम्मेवारी सफलता पूर्वक निभाएका कारण पनि उनी खेलाडीको सबै पक्षसँग परिचित छन् । नेपालमै एक साताको प्रशिक्षणमा उनी खेलाडीको फिटनेशमा बढी केन्द्रित भए ।

लामो समयपछि खेल्न लागेको कारण पनि खेलाडीको फिटनेशलाई बढि प्राथमिकता दिएको बताउने प्रशिक्षक महर्जनले सुरुवाती रोजाईका खेलाडी टोलीमा नभएपछि युुवा खेलाडी लयमा रहेको बताउँदै आएका छन् ।

मैत्रीपूर्ण खेल भएकै कारण पनि युवा खेलाडीले पहिलो रोजाईमै मौका पाउने र प्रमाणित गर्न सक्ने सम्भावना पनि छ । सामान्यतया ४,४,२ को फरमेशनमा खेलाउने प्रशिक्षक महर्जनका लागि यो पटक फरक रणनिति अबलम्बन गर्ने सुविधा पनि छ ।

किनकी केहि खेलाडीले विभिन्न पोजिसनमा खेल्ने सक्ने भएका कारण रणनीति परिवर्तन गर्न केही सहज हुनेछ । नेपाल र बंगलादेशबीच भएको पछिल्लो पाँच खेलको नतिजा हेर्न हो भने पनि नेपाल केहि बलियो देखिएको छ । पाँचमध्ये नेपालले ३ जीत र एक बराबरी गर्दा एक खेल हारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्