उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार देश दौडाहामा

२४ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि चन्द्रप्रसाद ढकाल समूह र किशोरकुमार प्रधानको समूह देश दौडाहामा लागेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानल गण्डकी प्रदेशमा पुगेको छ । उहाँका प्रतिस्पर्धा किशोरकुमार प्रधानको समूह भने प्रदेश २ मा छ ।
चुनावी प्रचारप्रसारका लागि पोखरा पुगेका ढकालसहितका उम्मेदवारलाई पोखरामा भव्य स्वागत गरिएको छ ।
महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जिवबहादुर कोइरालाले प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला र नगरका उद्योगी व्यवसायीका समस्या समाधानमा आफू केन्द्रित हुने बताउनुभयो ।
यस्तै जनकपुरधाम पुगेको किशोर प्रधानको समूहलाई पनि भव्य स्वागत गरिएको छ ।
स्वागतमा आएका उद्योगी व्यवसायीले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समुह रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् ।
प्रतिक्रिया