खेलकूद

आईपीएल क्रिकेटको उपाधिका लागि मुम्बई र दिल्ली भिड्ने

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ८:१७
आईपीएल क्रिकेटको उपाधिका लागि मुम्बई र दिल्ली भिड्ने

२४ कात्तिक, २०७७ काठमाडौं। युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् ।

गएराति सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादमाथि १७ रनको जित निकाल्दै दिल्लीले मुम्बईसँगको भिडन्त पक्का पारेको हो । १ सय ९० रनको लक्ष्यसहित मैदान ओर्लेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रनमात्र जोड्न सक्यो ।

उसका लागि केन विलियम्सनले ६७ तथा अब्दुल सामदले ३३ रन बनाए । बलिङमा दिल्लीका काशिगो रबाडाले ४ तथा मार्कस स्टोइनिसले ३ विकेट लिए ।

यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । दिल्लीका तर्फबाट शिखर धवनले ७८ रन बनाउँदा सिमरन हेट्मेयर ४२ रनमा अविजित रहे ।

दिल्ली पहिलो पटक फाइनल पुगेको हो भने मुम्बईले चार पटक आईपीएलको उपाधि जितिसकेको छ ।

यसअघि पहिलो क्वालिफायरमा दिल्लीलाई नै पराजित गर्दै मुम्बईले फाइनल यात्रा तय गरेकोको थियो ।

उता दिल्लीमा नै आबद्ब रहेका नेपाली क्रिकेटर संदीप लामिछानेले जारी प्रतियोगितामा एक पटक पनि खेल्न पाएका छैनन् । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्