आर्थिक

कोरोना जोखिमकाबीच सुरक्षा अपनाउँदै घुम्न निस्किए पर्यटक (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १४:२४
कोरोना जोखिमकाबीच सुरक्षा अपनाउँदै घुम्न निस्किए पर्यटक (भिडियोसहित)

२३ कात्तिक, २०७७ पोखरा । कोरोना संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै पर्यटक घुम्न निस्केका छन् । कोरोना महामारीले ठप्प रहेको पोखराको पर्यटन विस्तारै जुर्मुराउन थालेको छ ।

आन्तरिक पर्यटकको आवागमन बढेपछि व्यवसायी पनि पुरानै लयमा फर्कने क्रममा छन् । तर स्थानीय तहै पिच्छेका फरकफरक निर्णयले पर्यटकीय गतिविधिमा भने अप्ठ्यारो परेको छ ।

दशैंलगत्तकै पोखरामा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । तत्कालै पर्यटक आउने आशा नगरेका व्यवसायीलाई यो चहलपहल सरप्राइज भएको छ । आंशिक रुपमा पर्यटकीय गन्तब्य खुलेपछि घुम्न निस्केका आन्तरिक पर्यटकले कोरोना महामारीले थला परेको पर्यटन व्यवासयमा ऊर्जा थपिदिएका छन् ।

लामो समय बन्द भएका होटेल, रेष्टुरेन्ट खुल्न थालेका छन् । सुरक्षा सावधानी अपनाउँदै पर्यटन व्यवसाय चलायमान बनाउनुपर्ने व्यवसायीको जोड छ । क्रमिक रुपमा पर्यटकको आगमन बढ्ने व्यवसायीको विश्वाश छ ।

आन्तरिक पर्यटकको चाप बढ्नु र विदेशी पर्यटकको आगमन शुरु हुनुले कोरोना महामारीकाबीच पनि पर्यटन क्षेत्र चल्न सक्छ भन्ने संकेत गरेको छ । तर तीन तहका सरकारका फरकफरक निर्णयले वातावरण सहज भइहाल्ने देखिएको छैन ।

चाडपर्व लक्षित गरेर पोखरा आउने पर्यटकले प्याराग्लाइडिङ भरिभराउ छ । फेवा तालमा जलविहार गर्ने पनि बढेका छन् । अन्य पदमार्ग बन्द हुँदा पोखरा हुँदै मर्दीम जानेको क्रम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *