खेलकूद

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखको जीत

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ९:२६
जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखको जीत

२३ कात्तिक, २०७७ काठमाडौं । जर्मन बुन्डेस लिगा फूटबलमा साविक विजेता बायर्न म्युनिखले जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जीत दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गर्नुभएको थियो । डर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एक एक गोल फर्काउनुभयो ।

जीतसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा १८ अंक जोडेको छ । डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्