खेलकूद

इंग्लिस प्रिमियर लीग चेल्सी, क्रिष्टल प्यालेस, म्यानचेस्टर र वेष्ट ह्याम विजयी

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ९:२०
इंग्लिस प्रिमियर लीग चेल्सी, क्रिष्टल प्यालेस, म्यानचेस्टर र वेष्ट ह्याम विजयी

२३ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबल चेल्सी, क्रिष्टल प्यालेस, म्यानचेष्टर युनाइटेड र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् ।

लीग अन्तर्गत गएराति चेल्सीले सेफिल्ड युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा खेलको ९ औं मिनेटमै डेबिड म्याक गोल्डरिकको गोलसँगै सेफिल्डले अग्रता बनाएको थियो ।

तर त्यसपछि चेल्सीले लगातार चार गोल गर्न सफल भयो । उसका लागि २३ औं मिनेटमा टमी अब्राहम, ३४ औं मिनेटमा बेल चिलवेल, ७७ औं मिनेटमा थिएगो सिल्वा र ८० औं मिनेटमा टीमो वेरनरले गोल थपे ।

जितपछि ८ खेलबाट १५ अंकका साथ चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लीगकै अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्समाथि ४–१ गोलको नै जित निकाल्यो ।

जितसँगै क्रिष्टल प्यालेस सातौं स्थानमा उक्लिएको छ । यस्तै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले एभर्टनलाई ३–१ ले र वेष्ट ह्याम युनाइटेडले फूलह्यामलाई १–० ले पराजित गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्