खेलकूद

हैदराबाद आइपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश

हिमालय टिभी
२०७७ कार्तिक २२ गते ८:०३
हैदराबाद आइपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश

२२ कात्तिक, २०७७ काठमाडौं । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

इलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेंग्लोरमाथि ६ विकेटको सहज जित निकाल्दै हैदराबाद दोस्रो क्वालिफायरमा पुगेको हो ।

१ सय ३२ रनको मध्यम लक्ष्य हैदराबादले २ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । हैदराबादका केन विलियम्सन ५० रनमा नटआउट रहे । त्यस्तै मनिष पाण्डेले २४ रन बनाउँदा ज्यासन होल्डर २४ रनमा अविजित रहे ।

बलिङमा बेंग्लोरका मोहम्मद सिराजले २ विकेट लिए । यसअघि शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि एबी डिभिलियर्सले ५६ तथा आरोन फिन्चले ३२ रन बनाए । बलिङमा हैदराबादका ज्यासन होल्डरले ३ तथा टी नटराजनले दुई विकेट हात पारे । हैदराबादका केन विलियम्सन म्यान अफ द म्याच चुनिए ।

अब दोस्रो क्वालिफायरमा भोलि हैदराबादले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । विजेता टोलीले उपाधिका लागि मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराउँदै साविक विजेता मुम्बईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्