समाज

कोरोना संक्रमण बढेपछि रौतहटमा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ कार्तिक २२ गते ७:५०
कोरोना संक्रमण बढेपछि रौतहटमा निषेधाज्ञा जारी

२२ कात्तिक, २०७७ रौतहट । कोरोना संक्रमण नरोकिएपछि रौतहटमा निषेधाज्ञा जारी गरिएको छ ।

तराईमा भव्यताका साथ मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

आगामी मंसिर १७ गतेसम्मका लागि जारी निषेधाज्ञा पालना गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग अनुरोध गरिएको छ ।

कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म १४ जनाले ज्यान गइसकेको छ भने १७४ जना संक्रमित छन् ।

जिल्लाभरि सार्वजनिक खेलकूद, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्नमा रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *