आर्थिक

यो वर्ष भाउ पाएन भाइ मसलाले, २० प्रतिशत भाउ घट्यो

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १८:५४
यो वर्ष भाउ पाएन भाइ मसलाले, २० प्रतिशत भाउ घट्यो

२१ कात्तिक, २०७७ काठमाडौं । कोभिड—१९ संक्रमणको जोखिम काम गर्न जारी गरिएको लकडाउन खुकुलो भएपछि जनजीवन केही सहज भन्दै गएपनि चाडपर्वहरुमा चहलपहल देखिँदैन ।

दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन् । व्यवसायीहरु विगत वर्षहरु भन्दा आधा बढीले व्यापार कम भएको बताउँदै आएका छन् । तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आम मानिसहरुमा उत्साह छैन् । कोभिडका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरु पनि ठप्प रहेका छन् । विगत वर्षहरु भन्दा यो वर्ष तिहारको किनमल आधाभन्दा बढीले घटेको व्यवसायीहरु बताउँछन् ।

भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भए पनि ग्राहक नआएको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका संजयदत्त तुलाधरले बताउनुभयो ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको छ । यद्यपि विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहक किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताउनुभयो ।

तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ । माग पनि विगतजस्तो छैन् । व्यवसायीहरु आधाभन्दा बढीले व्यापार घटेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *