बन्यो लमही–कोइलाबास सडक, छोटियो दूरी, भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य (भिडियोसहित)
२१ कात्तिक, २०७७ दाङ । नेपाल–भारत जोड्ने लमही कोइलाबास हुलाकी सडक निर्माण कार्य सम्पन्न भएको छ । सडक बनेपछि कोइलाबास पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । सडक कालोपत्रे भएपछि लमहीबाट ४५ मिनेटमै अब कोइलाबास पुग्न सकिने भएको छ ।
दाङको कोइलाबास पुग्नका लागि केही अघिसम्म भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । दाङको लमहीबाट ८० किलोमिटर टाढा रहेको कृष्णनगरबाट भारतको बाटो भएर कोइलाबास पुग्ने गरेका नागरिक अहिले लमहीबाट ४५ मिनेटमै कोइलाबास पुग्ने गर्छन् । नयाँ बनेको पिच बाटोले स्थानीय बासिन्दाको आधा दुःख घटाइदिएको छ ।
लमहीबाट कोइलाबासको दूरी साढे ३३ किलोमिटर मात्रै हो । लमहीबाट कृष्णनगर ८० किलोमिटर टाढा पर्छ । लमहीबाट नेपालगञ्जको दूरी १ सय २५ किलोमिटर छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीबाट सबै भन्दा कम दूरीमा पर्ने नाका कोइलाबास भएकाले व्यवसायीलाई समेत फाइदा पुगेको छ ।
बाटो बनेपछि भारतको बाटो हिंड्नु त परेको छैन भने लमही र कोइलाबासको सम्बन्ध पनि नजिक भएको छ । बाटो निर्माण भएपछि कोइलाबासमा आन्तरिक पर्यटक पनि बढेका छन् ।
लमहीबाट कोइलाबासको दूरी साढे ३३ किलोमिटर मात्रै हो । लमहीबाट कृष्णनगर ८० किलोमिटर टाढा पर्छ । लमहीबाट नेपालगञ्जको दूरी १ सय २५ किलोमिटर छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीबाट सबै भन्दा कम दूरीमा पर्ने नाका कोइलाबास भएकाले व्यवसायीलाई समेत फाइदा पुगेको छ ।
हुलाकी सडक अन्तर्गत पर्ने गढवा बजारको मुहार यही सडकका कारण फेरिएको छ । सडक पेटी, रेलिङ्ग र फराकिलो सडकले कोइलाबासको सुन्दरता बढाएको छ । ७० करोड रुपैयाँ लागतमा सडक निर्माण भएको हो । लकडाउन र मुआब्जा बिबादका कारण काममा ढिलाई हुँदा सम्झौता भन्दा १ बर्ष ढिला काम काम सकिएको निर्माणको कम्पनीको प्रष्टिकरण छ ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछि कोइलाबास भन्सारबाट राजश्व संकलन हुन सकेको छैन । बाटो बने पछि चालु आर्थिक वर्षमा १२ लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
दाङ लुम्बिनी प्रदेशको राजधानी बनेपछि कोइलाबास भन्सारको चर्चा भारतमा पनि सुरु भएको छ । यो नाका बृहतरुपमा सञ्चालन गर्न नेपाल र भारत सरकार दुवैले ध्यान दिन आवश्यक छ ।
प्रतिक्रिया