आर्थिक
तिहारअघि नै सयपत्री फूलेपछि सक्ने चिन्ता, चितावनमा कोल्ड स्टोरमा राख्न थालियो (भिडियोसहित)
२०७७ कार्तिक २१ गते १६:०४

२१ कात्तिक, २०७७ चितवन । यसवर्ष तिहार पछाडि धकेलिदा बोटमै सुक्न थालेका सयपत्री फूललाई ताजा अवस्थामा राख्न चितवनका किसानले कोल्ड स्टोर प्रयोग गरेका छन् ।
चितवनको भरतपुरका युवा किसानले उत्पादन गरेका फूल दशैंमा नै तयार भएका थिए । तर यसपटक तिहार पछि परेका कारण विक्री नभएपछि जोगाउन कोल्ड स्टोरमा राख्न थालिएको हो ।
फूलको माला उनेर कोल्ड स्टोरमा राखेपछि १० देखि १२ दिनसम्म टिकाउन सकिने विक्रेताको विश्वास छ ।
छ जना युवा मिलेर संचालन गरिएको माली दाइ एग्रो इनोभेसनले तीन वर्षदेखि सयपत्री फूलखेती गर्दै आएको छ ।
यसवर्ष विभिन्न चार ठाउँमा गरी ११ कट्ठा जमिनमा यसले सयपत्री फूलखेती गरेको छ । यसवर्षको तिहारमा करिब पाँच हजार माला बिक्री गर्ने उनीहरुको लक्ष्य छ ।
प्रतिक्रिया