आर्थिक
तोलामा एक हजार बढ्यो सुनको भाउ, प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार
२०७७ कार्तिक २१ गते १५:२१

२१ कात्तिक, २०७७ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकामा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ ।
प्रतिक्रिया