पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २० गते ६:४९
पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु

२० कात्तिक, २०७७, कावासोती । कालीगण्डकी करिडोर निर्माणको क्रममा बुलिगंटार गाउँपालिका– ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।

हिजो नवलपरासीको बुलिगंटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिगंटार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका बुलिगंटार गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिनुभयो ।

बुलिगंटार गाउँपालिका ४ का २८ बर्षका तुलबहादुर सारु मगर, २० बर्षका गोपाल गरँजा मगर, ४२ बर्षका सुनबहादुर पूलामी मगर, २० बर्षका ताराबहादुर लुगेंली मगर र २० वर्षिय चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको वडाध्यक्ष गोदामी मगरले बताउनुभयो ।

सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको घटनामा थप दुई जनालाई भने उद्दार गरी गम्भीर अवस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बाटो निर्माणका क्रममा डोजरले माथि खन्दै गर्दा एक्कासि पहिरो झरेपछि काम गर्दै गरेका उनीहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *