आर्थिक

केरा खेतीबाट मनग्गे आम्दानी गर्दै कञ्चनपुरका पूर्णबहादुर (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २० गते ६:३९
केरा खेतीबाट मनग्गे आम्दानी गर्दै कञ्चनपुरका पूर्णबहादुर (भिडियोसहित)

२० कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरका एक किसानले केरा खेती गरेर मनग्गे आम्दानी गरिरहनुभएको छ । भीमदत्त नगरपालिका वडा नम्वर १० तिल्केनीका पूर्णबहादुर साउदले जागिरबाट अवकाश पाएपछि पच्चीस विघा जग्गामा केरा खेती गरिरहनु भएको छ ।

२५ वर्षसम्म सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रुपमा काम गरेर अवकाश पाएपछि कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्वर १० तिल्केनीका पूर्णबहादुर साउदको दैनिकी खेतबारीमै बित्ने गरेको छ । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत केरा खेतीमा अनुदानसमेत पाएपछि साउदले पचास जना किसानलाई समेत यो व्यवशायमा जोड्नु भएको छ ।

बाँझो जमिन भाडामा लिएर थोपा सिंचाइ प्रविधिमार्फत केरा खेती गर्दै आएका साउद स्वदेशमै मेहनत गर्यो भने सुख मिल्छ भन्नेमा विश्वास गर्नुहुन्छ । अनि आफ्नो जमिन बाँझो राखेर विदेश जानेको कुराको विरोध । विदेशमा गरेको भन्दा कम परिश्रमले वार्षिक १५ लाखसम्म आम्दानी गर्न सकिने साउदको अनुभव छ ।

भारतबाट अवैधरुपमा आयात हुने केराले नेपाली किसान मर्कामा परिरहेका छन् । अनि कृषि बीमाका लागि बीमा कम्पनीले आनाकानी गर्ने गरेकोमा पनि साउदको असन्तुष्टि छ ।

आगामी वर्षसम्म ५० विगाह क्षेत्रफलमा केरा खेती गर्ने र केरा प्रशोधन केन्द्रसमेत स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेका केरा व्यवसायी पूर्णबहादुर साउद केरा खेतीका लागि कञ्चनपुर जिल्लामै नमूना किसानका रुपमा परिचित हुनुहुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *