विदेश

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ८ हजारभन्दा बढीको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १३:३०
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ८ हजारभन्दा बढीको मृत्यु

१९ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण पछिल्लो पटक विश्वभर ८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ८ हजार १ सय भन्दा बढीको मृत्यु भएको हो । यसअघि गएको अप्रिल महिनाको १७ तारिखमा एकैदिन ८ हजार ५ सय भन्दा बढीको मृत्यु भएको थियो ।

केही समययता विश्वभर नै दैनिक संक्रमित तथा मृतक संख्या बढ्दै गएको छ। पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । त्यहाँ झण्डै १ हजार २ सयले ज्यान गुमाएका छन् भने ९४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकापछि भारतमा ४६ हजार भन्दा बढीमा संक्रमण हुँदा ५ सय बढीले ज्यान गुमाए । त्यस्तै ब्राजिलमा झण्डै १ हजार ३ सय संक्रमित बन्दा २ सय ७६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी फ्रान्समा ८ सय ५४ जनाले ज्यान गुमाउँदा ३६ हजार भन्दा धरैमा संक्रमण पुष्टि भएको छ। उता रुसमा ३ सय ५५ जनाको मृत्यु हुँदा १८ हजार भन्दा बढीमा संक्रमण देखियो ।

त्यस्तै बेलायतमा २० हजार भन्दा बढीमा संक्रमण हुँदा ३ सय ९७ जनाले ज्यान गुमाए । विश्वभर ४ करोड ७८ लाख भन्दा बढीमा संक्रमण पुष्टि हुँदा मृत्यु हुनेको संख्या १२ लाख २० हजार नाघेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४३ लाख ५२ हजार भन्दा बढी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *