आर्थिक

कुहिरोभित्रको राँके बजारमा स्थानीय उत्पादनको कोशेली (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १५:०२
कुहिरोभित्रको राँके बजारमा स्थानीय उत्पादनको कोशेली (भिडियोसहित)

१८ कात्तिक, २०७७, पाँचथर । मेची राजमार्ग भएर इलामबाट पाँचथर टेक्दै गर्दा राँके बजार भेटिन्छ । लेकको यो बजार धेरैजसो समय कुहिरोमा रुमलिन्छ ।

पाँचथर प्रवेश गर्दा स्वागत गेटको आसपासदेखि सडक छेउमा सजाइएका कृषि उत्पादन भेटिन्छन् । यात्रुले कोशेलीको रुपमा यही स्थानीय उत्पादन किन्ने गरेका छन् ।

राँके बजारको विशेषता स्थानीय उत्पादन भएको छ । पाँचथर र इलामका विभिन्न गाउँ जाने सडक छुटिने भएकाले यो ठाँउमा चहलपहल हुन्छ । स्थानीय घ्यू, छुर्पी, ललिपप निक्कै चर्चित छ । अकबरे खुर्सानी सजाएर राखेको देखिन्छ । यसका साथै सिजन अनुसारका उत्पादन विक्री गर्न व्यवसायी बसेका छन् ।

राँकेमा स्थानीय उत्पादनको राम्रो माग भएकाले किसानलाई समस्या छैन । सिजन अनुसारका तरकारी, किवी, सुन्तलालगायतका फलफूल, दाल लगायत राम्रो मूल्यमा विक्री हुने गरेको छ ।

स्थानीय उत्पादनले राँके बजारको पहिचान दिएको छ भने अर्कोतर्फ किसानको उत्पादनले बजार पाएको छ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभारा देवीको दर्शन गर्न उल्लेख्य संख्यामा यही ठाउँ हुँदै जाने भएकाले पनि यो बजारमा चहलपहल बढी छ ।

राँके बजारको कोशेली यात्रुसँगै विभिन्न ठाउँमा पुग्ने गरेको छ । स्थानीय उत्पादनलाई बजारीकरणमा यो बजारको व्यापारले सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *