खेलकूद

आइपीएलमा कोलकाताको प्लेअफको सम्भावना कायमै, राजस्थान ६० रनले पराजित

हिमालय टिभी
२०७७ कार्तिक १७ गते ७:२६
आइपीएलमा कोलकाताको प्लेअफको सम्भावना कायमै, राजस्थान ६० रनले पराजित

१७ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग आईपीएलमा कोलकाता नाइट राइडर्सले प्लेअफको सम्भावना कायमै राखेको छ ।

आईपीएल अन्तर्गत पछिल्लो खेलमा राजस्थान रोयल्समाथि ६० रनको जित निकालेको कोलकाताको प्लेअफ प्रवेशको सम्भावना रहेको हो । १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रनमात्र बनाउन सक्यो ।

राजस्थान लागि जोश बट्लरले ३५ तथा राहुल टिवाटियाले ३१ रन बनाउँदा श्रेयस गोपाल २३ रनमा अविजित रहे । बलिङमा कोलकाताका प्याट कुमिन्सले चार तथा शिवम् माभी र वरुण चक्रवर्तीले समान दुई(दुई विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रनको योगफल तयार पारेको थियो । कोलकाताका कप्तान इयोन मोर्गन ६८ रनमा अविजित रहे । त्यस्तै राहुल त्रिपाठीले ३९ तथा शुभम् गीलले ३६ रन बनाए ।

राजस्थानका राहुल टिवाटीयाले तीन तथा कार्तिक त्यागीले दुई विकेट हात पारे । जितसँगै कोलकाता तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हारपछि राजस्थान तालिकाको पुछारमा पुगेको छ । कोलकाताले १४ खेलबाट १४ अंक जोडेको छ ।

प्रतियोगिता आज दोस्रो स्थानको रोयल च्यालेञ्जर्स बेंग्लोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्